3 years ago
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ ।
नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यस तर्फ प्रस्थान गरेको थियो ।
स्वर्ण जित्न सफल खेलाडीहरुमा बर्षा के.सी.(१३ बर्ष), झरना केसी(१४ बर्ष), सुरोज राजबाहक (१५ बर्ष), एन्जीला राई (१६ बर्ष), शाहिल घले (१६ बर्ष), सर्मिला वाईवा (१७ बर्ष), पुष्पका लामा (४५ केजी), बर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ्ग (६८ केजी माथि) रहेका छन् । यसैगरि नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए ।
यस्तै रुपक श्रेष्ठ (१७ बर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजी मुनि) ले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ्ग (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।
प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक ब्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]