3 years ago
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको छ ।
विभागका निर्देशक अर्जुन बिक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगाएर बिदाई गरे ।
यस्तै विभागका अन्य बरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्तहरुलाई टिका तथा खादा लगाएर विदाई गरे ।
कार्यक्रममा बोल्दै विभागका निर्देशक एवं कार्यक्रमका प्रमुख अतिथी बि.क.ले अवकास प्राप्त प्रशिक्षकहरुलाईसरकारी नियमका कारण उमेर हदले अवकास प्राप्त भएको भन्दै राज्यका लागि उहाँहरुको बिज्ञता र ज्ञानको अझै आवश्यकता रहेको बताए ।
अवकास प्राप्त गर्नेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराते) रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]