3 years ago
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को आयोजनामा यु–१६ नेक्सस कप टी– २० क्रिकेट– सिजन ५ सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकको २ सहित १२ छात्र टिमको सहभागिता रहने एनसीएका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह विजेता सोझै सेमिफाइनलमा प्रवेश गर्ने छन् । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पहिलो दिन २ खेल हुनेछ ।
पहिलो खेल जिएचसीए ललितपुर र केसीटीसी तथा दोश्रो खेल आयोजक एनसीए र ओसिस् क्रिकेट एकेडेमीबीच खेल हुने छ । असार १४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]