3 years ago
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिज्योति, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), निम्स र महामञ्जुश्रीले छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
त्रिज्योति सिनियर ब्वाइज, बीएनए जुनियर ब्वाइज, निम्स सिनियर गल्र्स र महामञ्जुश्री स्टार्फमा पहिलो भएका हुन् । सुन्धारास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा त्रिज्योतिले ग्रिनल्यान्डलाई २१–१९ ले पराजित ग¥यो ।
जुनियर ब्वाइजको फाइनलमा बीएनएले डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टलाई ५–३ ले हरायो । एन्जल्स हार्ट चारपटकको उपाधि विजेता हो । सिनियर गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले एनसीसीएसमाथि ९–८ को कठिन जित दर्ता गर्दै लगातार दोश्रोपटक उपाधि चुम्यो ।
पहिलो पटक समावेश स्टाफको फाइनलमा महामञ्जुश्रीले इन्साइट भिजनलाई २१–२० को झीनो अन्तरले पाखा लगायो । स्टाफका विजेताले १० हजार र उपाधि विजेताले ५ हजार नगद पुरस्कार हात पारे । बाँकी स्पर्धामा नगद पुरस्कार छैन ।
सिनियर ब्वाइजमा त्रिज्योतिका अन्शुल गोपाली, जुनियर ब्वाइजमा बीएनएका सुयेश गौतम, सिनियर गल्र्समा निम्सकी टीना लिम्बू र स्टाफमा महामञ्जुश्रीका शैलेश श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, प्याब्सनका केन्द्रीय भूगोल उपाध्यक्ष थकिनकुमार गुरुङ, स्किब्सका प्रिन्सिपल अरुण केसी, टोखा प्याब्सनका अध्यक्ष टंककुमार चापागाईं, बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गल्र्समा १२ गरी जम्मा ५२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]