default_image

3 years ago

June 19, 2022

टेवल टेनिस संघ र कल्याणराजबीच सम्झौता

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघ र पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेबीच राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप सम्झौता भएको छ ।

सम्झौतामा संघका अध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय च्याम्पिय कल्याणराज पाण्डेले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । यसै वर्षदेखि कल्याण पाण्डे राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप सुरु हुनेछ । यो प्रत्येक वर्षको भदौमा आयोजना हुनेछ ।

यसका लागि कल्याण उनको परिवारले वार्षिक ६ लाख रुपैया प्रदान गर्नेछ । यसबाट प्रत्येक वर्ष आउने व्यार्षिक ७० हजार रुपैयाबाट प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगिताको पहिलो वर्ष ब्याज प्राप्त नहुने हुँदा उनको परिवारले ७० हजार रुपैया नगद प्रदान गर्नेछ ।

प्रतियोगिताको स्वरूप संघले नै निर्धारण गर्नेछ । खातामा कल्याणराज पाण्डे अथवा उनका छोरा कुशलराज पाण्डे तथा संघका अध्यक्ष अथवा कोषाध्यक्षको हस्ताक्षर प्रयोजन गरिनेछ । लगातार दुई वर्षसम्म प्रतियोगिता आयोजना नभएको खण्डमा रकम परिवारले नै फिर्ता लैजानेछ ।

यो सम्झौतापछि हुने प्रतियोगिताले नेपालमा टेबल टेनिसको विकासमा महत्वपूर्ण योगदान पुग्ने र यसले नेपाली खेलकुदमै नयाँ अनुकरणीय उदाहरण स्थापित हुन संघले विश्वास लिएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.