3 years ago
June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न ७ खेललाई समेट्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो ।
७१औं मदन जयन्तीको अवसरमा एकेडेमीले राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता संघीय राजधानीदेखि मधेश प्रदेशसम्म हुनेछ । प्रतियोगितामा क्रिकेट, भलिबल, रेस्लिङ, चेस, बास्केटबल, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोसँगै प्रशिक्षण तथा तालिम हुनेछ ।
क्रिकेटमा ट्यालेन्ट हन्टसहित यू–१४, यू–१६ र यू–१८ हुनेछ । क्रिकेट भैरहव, दमक, वीरगन्ज र जनकपुरमा हुनेछ । क्रिकेट २० असारसम्म हुनेछ । क्रिकेटको विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैया हात पार्नेछन् ।
काठमाडौं र बुटवलमा हुने खुल्ला कलेजस्तरको भलिबलको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैया हात पार्नेछ । काठमाडौंमा पुरुषतर्फको मात्रै हुनेछ । काठमाडौंमा ८ देखि १० असारसम्म हुनेछ । बुटवलमा महिला र पुरुषतर्फको प्रतियोगिता ११ देखि १३ असारसम्म हुनेछ ।
रेस्लिङ प्रतियोगिता झापामा १८ असारमा हुनेछ । जसमा लाइट वेट च्याम्पियनसिप, ट्याग टिम च्याम्पियनसिप, महिला लाइट वेट च्याम्पियनसिप, मिडल वेट च्याम्पियनसिप, हार्ड कोर च्याम्पियनसिप र हेभी वेट च्याम्पियनसिपमा प्रतिस्पर्धा हुनेछ ।
वेट च्याम्पियनसिपको विजेताले ६० हजार, ट्याग टिम च्याम्पियनसिपको विजेताले ७५ हजार, महिला लाइट वेट च्याम्पियनसिपको विजेताले ७० हजार, मिडल वेट च्याम्पियनसिपको विजेताले ९५ हजार, हार्ड कोर च्याम्पियनसिपको विजेताले १ लाख र हेभी वेट च्याम्पियनसिपको विजेताले १ लाख २५ हजार रुपैया हात पार्नेछ ।
चेस प्रतियोगिता बुटवलमा ११ देखि १३ असारमा हुनेछ । विजेताले २० हजार र दोस्रो हुनेले १० हजार रुपैया हात पार्नेछ । बास्केटबल १५ देखि १७ असारसम्म काठमाडौंमा हुनेछ । राष्ट्रिय स्तरको फुल कन्ट्याक्ट कराते १७ र १८ असारमा काठमाडौंमा हुने छ । उपत्यका स्तरीय तेक्वान्दो २० र २१ असारमा ललितपुरमा हुनेछ ।
एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निभाउने राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडीदेखि खेलप्रेमीहरु आवद्ध छन् । एकेडेमी २ सय २५ सदस्यीय कमिटि छ । जसमा विभिन्न खेलकुद विधाका विभाग गठन गरेर काम गरीरहेको छ ।
एकेडेमीले करिब ५१ जिल्लामा जिल्ला कमिटि र २ सय ५ स्थानीय तहमा स्थानीय तह कमिटि गठन गरेको छ । केन्द्रले राष्ट्रिय र प्रदेश स्तरीय, जिल्लाले जिल्ला स्तरीय र स्थानीय तहले स्थानीय तह स्तरीय खेल गति विधिहरु गरीरहेका छन् ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]