3 years ago
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले ओलम्पिक डेका अवसरमा आयोजना गरेको दोश्रो मास्टर्स ट्राईयाथलनको ब्यक्तिगततर्फको उपाधि बिजेन श्रेष्ठले जितेका छन् ।
बिजेनको यो दोस्रो उपाधि हो । उनले यस अघि पनि यो उपाधि जितिसकेका छन् । बोडे, मध्यपुर ठिमीस्थित जयश्री सिद्धि गणेश पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा दोस्रो स्थानमा बिशाल केसी र तेस्रो स्थानमा अमग्य श्रेष्ठ रहे ।
ट्राईयाथलन संघसँगआवद्ध ब्यक्तिबीच आयोजना भएको प्रतियोगितामा १०० मि. पौडी, ३.५ किमि साईक्लिङ र १ किमि दौड रहेको थियो ।
रिलेतर्फ अभिनाष श्रेष्ठ, अभिषेक शाक्य र ईजेश श्रेष्ठको समूहले पहिलो स्थान हात पा¥यो । दोश्रो स्थानमा आनन्द लेप्चा, गाय रोगिज र राम कस्यपको समूह तथा तेश्रो स्थानमा निशान श्रेष्ठ, सम्युक प्रजापती र निशा श्रेष्ठको जोडी रहे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल प्रहरीका प्रहरी महानिरीक्षक एवं नेपाल ट्राईयाथन संघका उपाध्यक्ष धिरज प्रताप सिंहले मेडल तथा संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए ।
सो अवसरमा नेपाल ट्राईयाथलन संघले आफ्नो उपाध्यक्षलाई नेपाल सरकारले हालै महानिरीक्षकमा पदोन्नती गरेकोमा सिंहलाई प्रशंसा पत्रले सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना प्रदान गरेको थियो । प्रतियोगितामा करिव १०० जनाको सहभागिता रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]