3 years ago
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । २६ पुरुष र २४ महिला गरी ५० खेलाडी सहभागी छन् ।
पुरुष-महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।
पहिलो दिनको खेल टुंगिदा पुरुष राइफलतर्फ नेपाल आर्मी क्लबका कुमार कार्की ३९३.८, आर्मीकै नारायणसिंह दोङ ३९३.४ र नेपाल प्रहरी क्लबका धनबहादुर विक ३८५.५ अंकसाथ क्रमशः शीर्ष तीन स्थानमा छन् । सो स्पर्धाको महिलामा आर्मीकी सुविना तामाङ ३ सय ९२ अंकमा पहिलो तथा प्रहरीकी रत्ना चौधरी ३५६.३ अंकमा दोश्रो स्थानमा छन् ।
पुरुष पेस्तोलमा प्रहरीका मानबहादुर घले ३ सय ६४ अंकसाथ पहिलो, आर्मीका खेमराज ओली ३ सय ५९ अंकसाथ दोश्रो तथा आर्मीकै आदित्य खड्का ३ सय ५७ अंकसाथ तेश्रोमा छन् । उक्त स्पर्धाको महिलामा आर्मीकी हेमा चौधरी ३ सय ४५ अंकसहित प्रथम, आर्मीकै राधिका घर्ती ३ सय ३६ अंकसहित द्वितीय र ललितपुरकी ज्योति थापा २ सय ६७ अंकसहित तृतीय स्थानमा छन् ।
चारै स्पर्धामा ४ सय पूर्णाङकमा प्रतिस्पर्धा भइरहेको छ । ४ सय पूर्णाङकमा गरेको प्रदर्शनकै आधारमा प्रतियोगिताको अन्तिम दिन मंगलबार स्वर्ण, रजत र कांस्य जित्ने खेलाडीको टुंगो लाग्ने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]