3 years ago
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र एन्जल्स हार्ट छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
बीएनएले आयोजक स्किब्सलाई ९–४ तथा एन्जल्स हार्टले इेडेन ब्रिज एकेडेमी (इबीए) लाई १२–३ ले पराजित गरे । सिनियर ब्वाइजमा त्रिज्योति र ग्रिनल्यान्डले उपाधि भिडन्त पक्का गरे ।
त्रिज्योतिले महामञ्जुश्रीलाई १७–१६ को झीनो अन्तरले हरायो । ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि २१–१७ को जित दर्ता ग¥यो । सिनियर गल्र्समा एनसीसीएस र निम्स ‘ए’ ले फाइनल यात्रा तय गरे । एनसीसीएले भ्याली पब्लिकलाई १०–८ ले पाखा लगायो ।
काष्ठमण्डप विरुद्धको प्रतिस्पर्धामा निम्स ‘ए’ ४–३ ले विजयी भयो । स्टाफतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा काष्ठमण्डपले इन्साइट भिजन तथा महामञ्जुश्रीले निम्स विरुद्ध खेल्ने छन् ।
स्टाफको विधा पहिलो पटक राखिएको हो । विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]