3 years ago
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् ।
विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा शनिबार उपाधि जितेका हुन् । बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण सिंहले तेस्रो स्थान हासिल गरे । गल्र्समा प्यारागनकी रेश्मा घर्ती दोस्रो तथा अनलज्योतिकी अर्पणा लामाले तेस्रो स्थान हासिल गरिन् ।
विजयी खेलाडीले शिल्डसँगै मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, ओलम्पिक कमिटि अन्तरगत स्पोर्ट्स एण्ड इन्भारमेन्टका अध्यक्ष गोबद्र्धन श्रेष्ठ र बिभीएसका प्रिन्सिपल कुमार थापालगायतले पुरस्कृत गरे ।
रोड रेसमा १० स्कुलका करिव १२० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । सोही रोड रेसबाटै बिभीएसको आन्तरिक अर्थात हाउसबीचको विजेतोको पनि छिनोफानो गरिएको स्पोर्ट्स एण्ड इन्भारमेन्टकी सचिव डोल्मा लामा शाहले जानकारी गराइन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]