default_image

3 years ago

June 18, 2022

अरहान्त र कृष्णा च्याम्पियन

373 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अरहन्तकेशर सिंह र कृष्णा थापा मगरले ओलम्पिक दिवसको अवसरमा आयोजना भएको राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् ।

सातदोबाटोस्थित कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले राष्ट्रिय च्याम्पियन अमृत थापा मगरलाई ११–८, ९–११, १३–११ र १२–१० को सेटमा हराएर च्याम्पियन बनेका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन महिला एकलको फाइनलमा कृष्णा थापा मगरले विपना ब्लोनलाई ११–१, ११–५ र ११–८ ले हराएर उपाधि जितिन् । यू–१९ ब्वाइजमा बिकास मगरले गोपाल थापालाई ११–८, ११–७ र १२–१० ले पराजित गर्दै उपाधि जित्न सफल भए ।

यसैगरी भेट्रान्सको उपाधि प्रवीण कंसाकारले जित्न सफल भए । उपाधि भिडन्तमा विनोद शाक्य रिटायर्ड हर्ट भएपछि प्रवीण विजेता बनेका हुन् ।

प्लेट च्याम्पियन्सीपको फाइनलमा जितेन्द्रमान जोशीलाई ११–८, ११–५, ११–५ ले निराश पारेर विनायक श्रेष्ठ च्याम्पियन बने । विजयी खेलाडीलाई स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ र संघका अध्यक्ष किशोर महर्जज लगायतले पुरस्कृत गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.