default_image

3 years ago

June 17, 2022

बलियो नेपाल कपको सेमिफाइनल समिकरण पूरा

207 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – बलियो नेपाल कप यू-१५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् ।

समूह चरण अन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ विकेटले हराउँदै बलियो प्रदेश १ समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। शुक्रवार तल्लो मुलपानी मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो लुम्बिनी प्रदेशका बिरुद्ध रोमाञ्चक जित दर्ता गर्यो । ओसिलो मैदानका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ गर्दै बलियो लुम्बिनी प्रदेशले ७ विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो।

उसका सन्तोष साउदले सर्वाधिक ३८ तथा रौनक श्रीवास्तवले १४ रन बनाए । बलियो प्रदेश १ का रुशल रिमालले ४ ओभरमा ११ रन खर्चिएर तीन विकेट लिए ।

जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको बलियो प्रदेश १ ले एक बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गर्यो । बलियो प्रदेश १ लाई जितको लागि अन्तिम दुई बलमा तीन रन आवश्यक रहँदा वाई स्वरुप ४ रन प्राप्त गरेपछि बलियो प्रदेश १ को जित सम्भव बनेको थियो। बलियो प्रदेश १ को जितमा आलोक मण्डलले ३७ रन तथा रबिन मण्डलले २४ रन बनाए । बलियो लुम्बिनी प्रदेशका आयुष ओलीले तीन विकेट लिए । खेलको प्लेयर अफ दि म्याच बलियो प्रदेश १ का आलोक मण्डल चुनिए ।

दिनको दोस्रो खेलमा बलियो मधेश प्रदेशले बलियो ११ लाई ४६ रनले पराजित गर्दै समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुग्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बलियो मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । उसका राहुल कुमार महतोले सर्वाधिक ६२ रनको योगदान गरे। विशाल यादव २० जोडे । बलियो ११ को बलिङ्गमा जेनिश पुन मगर र प्रतिक पण्डितले दुई दुई विकेट लिए ।

जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको बलियो ११ ले १८.५ ओभरमा ८५ रनमा अल आउट भयो । उसका ओपनर ईजाज उल हक ले अविजित ४० तथा कप्तान स्मिथ बुढाले १५ रन जोड्न बाहेक अन्य ब्याट्स्मेनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलियो ११ लाई सस्तैमा समेट्न बलियो मधेश प्रदेशका साइमन रोए र रोहन शाहले समान दुई दुई विकेट लिए । खेलको प्लेयर अफ दि म्याच राहुल कुमार महतो घोषित भए। शनिवार हुने पहिलो सेमिफाइनलको खेलमा बलियो प्रदेश १ र बलियो बागमती प्रदेश तथा दोस्रो सेमिफाइनल खेलमा बलियो मधेश प्रदेश र बलियो गण्डकी प्रदेश भिड्ने छन् । फाइनल असार पाँचमा हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.