3 years ago
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अरहन्त सिंह र अमृत थापा मगरबीच ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनल भिडन्त हुने भएको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११–४, ११–४, ११–६ तथा अमृतले अमिर ब्लोनलाई ११–६, ११–४, ११–९ को सोझो सेटमा हराए ।
महिला सेमिफाइनलमा विपना ब्लोनले स्वास्थानी श्रेष्ठलाई ११–२, ११–९ र १४–१२ तथा वृmष्णा गुरुङले अनुभवी भावना सुनुवारलाई ४–११, ११–३, ११–३, ११–६ ले पराजित गरे । यसैगरी, भेटान्स (५०वर्ष माथि)को फाइनल विनोद शाक्य व प्रवीण कंसाकारबीच हुनेछ । प्रतियोगता शनिबार सम्पन्न हुनेछ ।
यसैबीच ओलम्पिक दिवसकै अवसरमा काठमाडौं जिल्ला सुटिङ संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा शुक्रबार वृक्षा रोपन र सरसफाइ गरेको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उद्घाटन गरे ।
कुमार दर्शन स्मृति प्रतिष्ठानले कार्यक्रमका लागि टिसर्ट, ब्यानर र खानाको प्रायोजन गरेको प्रतिष्ठानका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक राजु दर्शनले जनाएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]