default_image

3 years ago

June 17, 2022

आईटीएफ एसिया टेनिस – भारत दुवैमा पहिलो

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारत नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत ब्वाइज-गल्र्स दुवैमा पहिलो भएको हो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित ग¥यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउदै तेश्रो भयो । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भारतले श्रीलंकालाई २–१ ले पाखा लगायो ।

माल्दिभ्सले भुटानलाई ३–० ले पन्छ्याउदै तेश्रो भयो । माल्दिभ्सको प्रशिक्षकमा पूर्व राष्ट्रिय च्याम्पियन नेपालका कुमार अधिकारी रहेका छन् । ब्वाइज÷गल्र्समा पहिलो र दोश्रो हुने राष्ट्र काजाकिस्तानमा हुने फाइनल प्रतियोगितालाई छनोट भइसकेका छन् ।

अन्तिम दिन नेपाली ब्वाइज-गल्र्स दुवै टोलीले जित आत्मासात् गरे । ब्वाइजमा नेपालले भुटान तथा गल्र्समा बंगलादेशलाई समान ३–० ले पारजित गरे । दुवै टोली फाइनल चरणलाई छनोट हुन सकेनन् । प्रतियोगिताको पाँचौं संस्करण पूरा हुँदा नेपालको कुनैपनि टोली छनोट हुन नसकेको दोश्रोपटक हो । २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा पनि नेपाल छनोट भएको थिएन ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, प्रतियोगिता निर्देशक अजय विष्ट, आईटीएफ प्रतिनिधि जोनाथन स्तब्सलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्र सहभागी थिए । पाकिस्तान बाहेक सबै राष्ट्रबाट ३-३ ब्वाइज-गल्र्स खेलाडी सहभागी थिए । पाकिस्तानबाट ३ ब्वाइज खेलाडीले मात्र भाग लिएका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.