3 years ago
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सानिया चन्दले संयुक्त अरब इमिरेट्स (युएईं) दुवईमा सम्पन्न दुवईं स्कुल गेम्स अन्तरगत ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्णपदक जित्न सफल भएकी छिन् ।
सानियाले यू–१७ गल्स एकलमा तथा यू–१७ गल्स युगलमा स्वर्णपदक जित्न सफल भएकी हुन् । यू–१७ गल्स डबल्समा सानियाले तवैयासँग मिलेर उपाधि जितेकी हुन् ।
यू–१५ ब्वाइज एकलमा साहिल चन्द युएईंका यू–१९ च्याम्पियन भरथ लतेशसँग पराजित हुँदै दोस्रो भएका छन् । यू–१५ ब्वाइज डबल्समा भने साहिलले निसर्ग थुंगासँग मिलेर स्वर्णपदक जितेका छन् । सानिया र साहिलले यो च्याम्पियनसिपमा इन्डियन हाई स्कुलबाट प्रतिनिधित्व गरेका हुन् ।
महेन्द्रनगर कञ्चनपुरका दिदी भाई रोजगारीको शिलशिलामा दुवई रहेका अभिभावकसँग बसोवास गर्दै आइरहेका छन् । यि दिदी भाईले त्यहाँ अध्ययनसँगै ब्याडमिन्टन प्रशिक्षण गरिरहेका छन् । उनीहरुले दुवईमा हुने विभिन्न प्रतियोगिता खेल्दै उपाधि पनि जितिरहेका छन् ।
दुवईमा रहेको नेपाली ब्याडमिन्टन कम्युनिटीले पनि उनीहरुलाई सहयोग गर्दै आइरहेका छन् । त्यहाँ उनका काका हिम्मत चन्दले उनीहरुलाई प्रशिक्षण तथा व्यवस्थापन गरिरहेका छन् ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]