3 years ago
June 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट बिभागले ‘टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरीबाट क्रिकेट खेलाडी छनौटको सुरुआत गरेको छ ।
सोही कार्यक्रम अन्तर्गत बिहिबार प्रदेश १ मोरङको बिराटनगरबाट विभागले ‘अन्डर १८ ईमर्जिङ स्टार क्रिकेट टुर्नामेन्ट २०७९’ औपचारिक सुरुआत गरेको हो । मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको उक्त कार्यक्रमको मदन भण्डारी स्पोर्टस एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले जननेता भण्डारीको तस्विरमा माल्यापर्ण संगै अम्पायरलाई बल हस्तान्तरण गरी उद्घघाटन गरिन् ।
दुई दिन सम्म चल्ने उक्त प्रतियोगितामा तीन टिमको सहभागिता रहेको विभागका अध्यक्ष एवम पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले जानकारी दिए । विभिन्न तीन टिममा सहभागी ४० जना खेलाडीहरु प्रदेश १ का सवै जिल्लाबाट ट्यालेन्ट हन्टमार्फत छनौट गरिएको उनले बताए ।
दुई दिने प्रतियोगिता पश्चात प्रदेश १ को टिम तयार गरिने समेत उनले जानकारी दिए । छनौट गरिएका खेलाडीहरुलाई प्याट्रोटिक क्रिकेट एकेडेमी सेन्टर, मिल्स क्रिकेट एकेडेमी ट्रेनिङ सेन्टर र बिराटनगर क्रिकेट क्लव ट्रेनिङ एकेडेमीमा विभाजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गौचनले बताए ।
प्रतियोगिता २५-२५ ओभरको हुनेछ । ‘ट्यालेन्ट हन्ट’ मेची–महाकाली अभियान मार्फत सातै प्रदेशमा प्रतिभावान खेलाडीको पहिचान गरी आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सक्षम बनाइने उपमहासचिव श्रेष्ठले बताइन् । एकेडेमीले यो महिना क्रिकेट संगै अन्य ८ वटा खेलको आयोजना गरी जननेता मदन भण्डारी स्मृति दिवस मनाउने योजना रहेको उनको भनाई छ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]