default_image

3 years ago

June 16, 2022

उदीयमान खेलाडीको टेबलटेनिस प्रशिक्षण

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उदीयमान खेलाडीलाई लक्षित गरी नेसनल होप्स विक एन्ड च्यालेन्ज नामक प्रशिक्षण शुक्रबारदेखि सुरु हुने भएको छ ।

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रशिक्षणमा १७ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक ध्रममान वज्राचार्यले जनाएका छन् ।

यु–१२ उमेरसमूहको प्रशिक्षणमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, सुनसरी र रुपन्देहीका खेलाडी सहभागी हुने छन् ।
प्रशिक्षण सञ्चालन गर्न आईटीटीएफ विज्ञ भारतकी ममता अशोक प्रभु बिहीबार नेपाल आइसकेको संघले जनाएको छ ।

असार १० गतेसम्म सञ्चालन हुने प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.