default_image

3 years ago

June 15, 2022

नेपाललाई पहिलो ओभरमै शतकधारी टेलरको विकेट

147 views

0 Bookmark

ह्युस्टन, (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिका शतकधारी स्टिभन टेलरको विकेट पहिलो ओभरमै लिएको छ ।

मुसा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको अमेरिकाले आफ्नो पाँचौं बलमा ओभर टेलरलाई ब्यक्तिगत एक रनमा गुमाएको छ । तीव्र गतिका बलर करण केसीको पहिलो ओभरको पाँचौं बलमा टेलर एज लागेर स्लिपमा वैकल्पिक फिल्डर सुनिल धमलाबाट एक रनमा क्याच आउट भए ।

यसअघि टेलरले पहिलो खेलमा नेपालविरुद्ध १ सय १४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । बायाँ हाते आक्रामक ओपनर टेलर पहिलो ओभरमै आउट हुँदा अमेरिका दबाबमा पर्नेछ । क्रिजमा कप्तान मोनांक पटेल र सुशान्त मोदानी छन् ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सागर ढकाल र सन्दीप लामिछाने ९कप्तान० ।


हेड टु हेड :

नेपाल र अमेरिकाबीच पाँच ओडिआई खेल भएको छ । नेपाल तीन खेलमा विजयी र अमेरिका एक खेलमा विजयी भएका छन् । २०२० मा नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.