default_image

3 years ago

June 15, 2022

राष्ट्रिय च्याम्पियन अमृत र अमिरको विजयी सुरुआत

248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन अमृत थापा मगर र अमिर ब्लोनले ओलम्पिक डेको अवसरमा आयोजना भएको स्क्वास प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

सातदोबाटोस्थित स्क्वासको कोर्टमा बुधबार भएको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई सजिलै ११–१, ११–२ र ११–३ को सेटमा हराए ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन अमिर ब्लोन, लालबहादर गुरुङ, विनोद शाक्य, उमित शाक्य, दीपक थापा, प्रवीण कंसाकार, दिव्य वज्राचार्य पनि आआप्mनो खेल जितेर अर्को चरणमा प्रवेश गरेका छन् ।

अमिरले रिद्धि शाक्यलाई ११–१ ११–४ र ११–३, विनोदले राज महर्जनलाई ११–६, ११–४, ९–११ र ११–५, उमितले मित्र गुराउलाई ११–४, १२–१० र ११–३, दिपकले दिलिप नाथ अधिकारीलाई ९–११, ११–८, ९–११, ११–४ र ११–५, प्रवीणले अनिल बज्राचार्यलाई ११–५, ११–५ र ११–६ तथा दिव्यले विनायक श्रेष्ठलाई ११–७, ११–९ र ११–४ ले हराए । शिव कायस्थले रिटायर्ड हर्ट भएपछि लालबहादुर विजयी भए ।

५० वर्षमाथिको भेटरान्स एकलमा कमल शाक्यले जुनिल शाक्यलाई ११–७, ११–५ र ११–५, दिलिप अधिकारीले अजय सिम्हलाई ११–९, १५–१३, ११–३, मनोज बहादुर श्रेष्ठले जितेन्द्र जोशीलाई १०–१२, ११–९, ११–८ र ११–१, विदुर धमलाले रोविन शाक्यलाई १३–११, ६–११, १३–११, ८–११ र११–७ र विनोद शाक्यले रत्न महर्जनलाई ११–२, ११–३ र ११–४ ले पराजित गरे ।

यसअघि, नेपाल ओलम्पिक कमिटी (एनओसी)अन्तर्गतको स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ तथा स्क्वास संघका अध्यक्ष किशोर महर्जनले संयुक्तरुपमा नेपाल र आइओसीको झन्डोत्तोलन गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा स्क्वास संघले सञ्चारकर्मी प्रज्वल शाक्यलाई मिडिया सल्लाहकारमा मनोनित गरेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.