3 years ago
June 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र एन्जल्स हार्ट पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् ।
दोहोरो उपाधि जितेको भ्याली पब्लिक सिनियरतर्फ ब्वाइज-गल्र्स दुवैमा पहिलो भए । एन्जल्स हार्टले जुनियर ब्वाइजको उपाधि चुम्यो ।
बसुन्धारा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले एचएचसीएलाई ४५–२१ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिरिङ लामाले १८ अंक योगदान गरे । दिवस भुजेलको १६ अंक सहयोगमा ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ४२–२६ ले हराउदै तेश्रो भयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २१–९ ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले ९ स्कोर गरिन् । एचएचसीएले बीएनएलाई २०–६ ले पन्छ्याउदै तेश्रो बन्यो । भ्याली पब्लिककी सराह घलेले १४ अंक जोडिन् ।
जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१८ ले निराश पा¥यो । एन्जल्स हार्टका प्रतिक कँडेलले ८ अंक जोडे । ग्रिनल्यान्डले स्काइलार्कलाई १६–१३ ले पराजित गर्दै तेश्रो स्थानमा रह्यो । ग्रिनल्यान्डका आयुश घलेले ९ अंक बटुले ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतिक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा बीएनएका सन्देश खड्का, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा इबीएका एलेक्स राई प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
जेठ २४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिम सहभागी थिए ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]