default_image

3 years ago

June 15, 2022

प्रदेश १ मा खेलकुदलाई १५ करोड विनियोजन

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा खेलकुदका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री इन्द्रबहादुर आङवोले संसदमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै खेलकुद पूर्वाधार निर्माणमा जोड दिई खेलकुद गतिविधिलाई विद्यालय तहबाटै विकास गर्न, राष्ट्रिय तथा र अन्तराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कृत गर्न तथा खेल विकास एवं खेलाडीको क्षमता विकासको लागी बजेट छुट्याएको बताए ।

मन्त्री आङवोले इटहरी रंगशालामा सन्ध्याकालीन समयमा समेत फुटबल तगायतका अन्य खेल खेल्न र अभ्यास र प्रतियोगिता गर्न फ्ल्ड लाइट जडान गर्ने र कमल गाउँपालिकामा रहेको आदिवासी रंगशाला निर्माणको लागी बजेट छुट्याएको बताए ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.