default_image

3 years ago

June 15, 2022

पाँचौ राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता पोखरामा हुने

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा पाँचौ संस्करणको राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता यसैसाता गण्डकी प्रदेशको पोखरामा आयोजना हुने भएको छ ।

आयोजक नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलानको आयोजना गर्दै प्रतियोगिता ६ र ७ असारमा अन्नपूर्ण स्केटपार्क पोखरा रंगशाला, पोखरामा हुने जानकारी गराएको छ । कोभिड –१९ को विश्वव्यापी माहामारीपछि नेपालमा पाँचौ राष्ट्रिय स्केट र्बोड प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

पोखरा रंगशाला भित्र रहेको अन्नपूर्ण स्केटपार्कमा हुने प्रतिगितामा १०० जना पुरुष र ३० जना महिला प्रतियोगीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङ्गे) ले गर्ने तय भएको छ ।

सन् १९४० देखी अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केट तथा स्क्रेटबोर्डिङ खेल ओलम्पिकमा समावेश भएको खेल हो । हालै जापानमा सम्पन्न भएको ओलम्पिकामा जापानकी १८ वर्षीय साकुरा यसोजुमीले स्वर्ण पदक जितेकी थिइन् ।

नेपालमा भने सन् २०१५ देखी निरन्तर यस खेलको प्रतियोगिता भरहेको छ । हालसम्म काठमाडौं र पोखरामा समान दुई पटक यस खेलको प्रतियोगिताको आयोजना भइसकेको छ ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.