3 years ago
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालबाट १९औं फिना विश्व पौडी प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि १-१ पुरुष-महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाँदैछ ।
पुरुषमा नासिर हुसैनले २ सय मिटर फ्रि स्टायल र व्यक्तिगत मिडेलेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिलामा डुवाना लामाले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छिन् ।
प्रतियोगिता जुन १८ देखि २६ तारिखसम्म हुनेछ । टोली प्रमुखमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य छन् । वज्राचार्यले प्रतियोगिता दौरान हुने कोंग्रेसमा पनि सहभागिता जनाउने छन् । टिम प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य दीपकसागर सिंह महर्जन रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]