default_image

3 years ago

June 14, 2022

टेनिसमा नेपालको अर्को हार

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ ।

ब्वाइज-गल्र्स दुवै टोलीले अर्को पराजय सामना गरेका हुन् । पहिलो दिन सोमबार नेपाल ब्वाइजमा श्रीलंकासंग ३–० तथा गल्र्समा माल्दिभ्ससंग २–१ ले पछि परेको थियो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा रिज्वानले आर्दित नेपाललाई ६–१ र ६–० तथा तल्हाले वृजेश अर्याललाई पनि ६–१ र ६–० को सोझो सेटमा हराए ।

डबल्समा ओमर जावद र तल्हाको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–० र ६–० को सीधा सेटमा पन्छाए । भारतले बंगलादेश तथा माल्दिभ्सले भुटानलाई समान ३–० ले पाखा लगाए ।

गल्र्समा श्रीलंकाले नेपालमाथि ३–० को जित दर्ता ग¥यो । अकिसा सिल्भाले प्राज्ना मानन्धरलाई ६–० र ६–३ तथा उस्गोडाले शिभाली गुरुङलाई ४–६, ६–१ र ६–१ को सेटमा सिंगल्समा निराश पारे ।

डबल्समा सिल्भा र उस्गोडाको जोडीले प्राज्ना र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–० ले पाखा लगाए । अन्य खेलमा बंगलादेशले भुटानलाई २–१ तथा भारतले माल्दिभ्सलाई ३–० ले पराजित गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.