default_image

3 years ago

June 14, 2022

एचएचसीए र भ्याली पब्लिक फाइनलमा

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीए र भ्याली पब्लिक पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

एचएचसीएले ग्रिनल्यान्डलाई २६–२२ ले पराजित ग¥यो । एचएचसीएका सन्तोष शाहीले १५ अंक जोडे । भ्याली पब्लिकले एन्जल्स हार्टलाई ४५–२८ ले हरायो । भ्याली पब्लिकका सुशान्त चौधरीले १५ स्कोर गरे ।

जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) र एन्जल्स हार्टले उपाधि भिडन्त पक्का गरे । इबीएले ग्रिनल्यान्डमाथि २२–१० को जित दर्ता ग¥यो । इबीएका एलेक्स राईले १० अंक जोडे । एन्जल्स हार्टले स्काइलार्कलाई १५–८ ले पाखा लगायो । एन्जल्स हार्टका प्रतीक कँडेलले ८ अंक बटुले ।

सिनियर गल्र्समा पनि भ्याली पब्लिक उपाधिनजिक पुगेको छ । भ्याली पब्लिकले एचएचसीएलाई ३१–८ ले सहजै पन्छ्याउदै ग्रिनल्यान्डसंग फाइनल भेट पक्का ग¥यो । ग्रिनल्यान्डकी लोरिशा गौचनले १४ स्कोर गरिन् ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.