default_image

3 years ago

June 14, 2022

स्किब्स बास्केटबलमा ५२ टिम

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर-जुनियर ब्वाइज, गल्र्स र स्टाफमा गरी जम्मा ५२ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सिनियर ब्वाइजमा होप भ्याली, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र गल्र्समा निम्स डिफेन्डिङ च्याम्पियन हुन् ।

स्टाफको विधा पहिलो पटक समावेश गरिएको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जनाएका छन् । यो स्पर्धाका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । बाँकीमा नगद पुरस्कार राखिएको छैन ।

पत्रकार सम्मेलनमा स्किब्सका इसीए को–ओर्डिनेटर सागर शर्मा, एकेडेमिक को–ओर्डिनेटर आदर्श राईले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । तीनदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आफ्नै कोर्टमा हुने छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.