3 years ago
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले भारतलाई हराएको छ ।
सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतलाई १ विकेटले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो । योसँगै तीन खेलको सिरिज भारतले २–१ ले आफ्नो पक्षमा पारेको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा भारतले दिएको ९१ रनको लक्ष्य नेपालले १९ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि डम्बर बहादुर राना मगरले २३ रनको योगदान दिए । यस्तै कुन्ज बिहारी चौधरीले २० रन जोडे ।भारतका अरुण गिरि र सायद शाह अजिजले समान ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले १८ ओभर ४ बलमा अलआउट हुँदै ९० रन जोडेको थियो । भारतका अरुण गिरि र जामिर पाथनले समान १७ रन जोडे । सायद शाह अजिजले १२ रन बनाए । नेपालका सुमन बरालले ४ तथा राहुल कुमारले २ विकेट लिए ।
नेपाल ह्वीलचेयर क्रिकेट संघको आयोजनामा भएको सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा भारत १२ रनले विजयी भएको थियो । आइतबार भएको दोस्रो खेलमा भारतले नेपाललाई ७७ रनले हराएको थियो ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]