3 years ago
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, २ रजत र ५ कांस्यसाथ कोटेश्वर टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कांस्य हात पा¥यो । ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ चन्द्रागिरीले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष स्थान स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको क्योरोगीतर्फ पुरुषमा चाँदनीका समिर तामाङ र महिलामा राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगर उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेको पुरुषमा बाग्लुङका लवसन विक र महिलामा स्युचाटारकी मोनिका मगर उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई काठमाडौं महानगरपालिका वडा ३२ का अध्यक्ष नवराज पराजुली, प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । क्योरोगीमा २४ र पुम्सेमा ६ गरी ३० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आयोजकका अनुसार २२ जिल्लाका ६ सय खेलाडी सहभागी थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]