3 years ago
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १९औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा सोमबार शुभकामनासहित बिदाई गरेका छन् ।
बिदाई गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रकृया भएको बताए । उनले यो प्रशिक्षण नवौं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभएता पनि खेलाडीहरुको स्तर बृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए ।
सदस्य सचिव घिसिङले खेलाडीहरुलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर बृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिए ।
राष्ट्रिय खेलकुद परिषदले १९ औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्ने छ । १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक आजै त्यसतर्फ प्रस्थान गरेका छन् ।
September 22, 2025
एजेन्सी – बार्सिलोनाले आइतवार गेटाफेलाई ३-० ले हराउँदै ला लिगा सिजनमा अपराजित यात्रा कायम राखेको छ। बार्सिलोनाको जितमा फेरान टोरेसले २ र अर्को गोल दानी ओल्मोले गरे। टोरेसले १५औँ मिनेटमा ओल्मोको ब्याकहिल पासलाई नियन्त्रणमा लिँदै गोल गरे । टोरेसले ३४औँ मिनेटमा राफिन्हाको लामो पासबाट दोस्रो गोल थपे। पहिलो हाफमै ह्याट्रिक गर्ने मौका पाए पनि उनको […]
September 14, 2025
सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘आइएक्सेल खुल्ला भलिबल कप २०२५’ अर्काे साता हुने भएको छ । एलिट गोर्खा स्पोट्र्स क्लबको आयोजना तथा आइएक्सेल एजुकेशन, भिषा एण्ड माइग्रेसनको मुख्य प्रायोजनमा अस्ट्रेलियाकै सर्वाधिक धनराशिको एक दिने खुल्ला पुरुष भलिबल कप २० सेप्टेम्वर (असोज ४ गते शनिबार) हुन लागेको हो । एक दिने प्रतियोगिता […]
September 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएपछि बंगलादेश राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने भएको छ। दिउँसो ४ बजे बीमान बंगलादेश एयरलाइन्सबाट बंगलादेश टोली स्वदेश फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा ) ले जनाएको छ। जेन जी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा व्यापक दमनका कारण राजधानीको सुरक्षा अवस्था बिग्रिएपि दशरथ रंगशालामा आज साँझका […]