3 years ago
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेसनको खेलकुद मन्त्रीको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को नेतृत्वमा नेपाल बक्सिङ संघ पदाधिकारीसहित ८ सदस्यीय टोली सोमबार रुसको मस्को प्रस्थान गरेका छन् ।
भ्रमण टोलीमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदको विभागिय प्रमुख मधु सुदन बस्नेत, मन्त्रीको निजी सचिव रोसन कुमार सुनार र संघको तर्फबाट संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर केसी संघका सदस्य मान बहादुर भण्डारी र प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले भ्रमण टोलीमा रहेका छन् ।
पाँच दिने भ्रमणमा दुवै देशको खेलकूद विकास र प्रवर्धनमा सहकार्य गर्ने यस मैत्रीपूर्ण भ्रमणमा निम्न विषयहरुमा छलफल हुने बताइएको छ ।
भेटमा नेपाल र रसियाका बक्सिङ खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान, प्रशिक्षकहरुको क्षमता विकास र बृद्धिमा सहयोग, मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगीता आयोजना एवं सहभागिता, रसियाको स्पोर्ट्स साईन्स कलेजमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था, हिमालय क्षेत्र पदयात्रा एवं दौडको आयोजना, खेलकुदबाट पर्यटन प्रवद्र्धनमा विविध विधाहरुमा छलफलसँग र नेपालमा हाई अल्टिच्युड बक्सिङ ट्रेनिङ सेन्टर स्थापना गर्ने विषमा छलफल र सहमति हुने बताइएको छ ।
भ्रमण दलले रसिया फेडरेसनको खेलकुद मन्त्री ओलेग म्याटिसिनसँग विशेष भेटघाटको साथै अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइवा) का अध्यक्ष उमार क्रेमलेम, बक्सिङ फेडरेशन अफ रसियाका महासचिव टाटयाना किरियन्कोसँगै मस्कोस्थित नेपाली दुतावास, नेपाली एनआरएन टोलीसँग भेटघाटसँगै बक्सिङ प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ । टोली १६ जुनमा स्वदेश फर्कनेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]