default_image

3 years ago

June 12, 2022

कमल र पार्वतीलाई स्वर्ण

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।

पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३० वर्षमा पार्वतीले स्वर्ण चुमेका हुन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल आर्मीका रेजिन रिमाल दोश्रो तथा आर्मीका रामबहादुर पोखरेल र प्रवीण गुरुङ तेश्रो भए । महिलामा तरहराकी सुशिला राई दोश्रो तथा आर्मीकी निता गुरुङ र प्रहरीकी सीता तामाङ तेश्रो स्थानमा रहे ।

सातदोबाटोमा भएको प्रतियोगिताको एकल पुम्सेको २२–२५ वर्ष पुरुषमा लिजेन्ड्सका शिशीर श्रेष्ठ र महिलामा मुलपानीकी चन्दु शाही तथा पुरुष २५–३० वर्षमा प्रहरीका जितबहादुर बोटले स्वर्ण जिते ।

ग्रुप पुम्सेको पुरुष १०–१२ वर्षमा लैनचौरका रोहन भुजेल, सुगम भुजेल र इराजसिंह ठकुरी, १२–१५ वर्षमा स्वयम्भूका त्रिजन चौधरी, समिर तामाङ र थुप्तेन तामाङ, १५–१८ वर्षमा गोदावरी फिट्नेसका श्रृजल श्रेष्ठ, सैरुस थापा र दीपक दुलाल, १८–२२ वर्षमा प्रहरीका कमल राना मगर, अस्मित राउत र राम गोले, २५–३० वर्षमा प्रहरीका प्रेमबहादुर लिम्बू, जितबहादुर बोट र अञ्जन चौधरी तथा ३० वर्षमाथि आर्मीका रेजिन रिमाल, रामकुमार पोखरेल र प्रवीण गुरुङ पहिलो भए ।

ग्रुप पुम्सकै महिला १०–१२ वर्षमा गोदावरीका माधवी राई, इरेन महर्जन र प्रकृति प्रजा, १२–१५ वर्षमा स्वयम्भूका सुवानी तामाङ, तारा वाइबा र रमिला श्रेष्ठ, १५–१८ वर्षमा आर्मीका पुर्णिमा बस्नेत, स्मृति रेगामी मगर र दक्षिणा भुजेल तथा १८–२२ वर्षमा प्रहरीका जैनव खातुन, निशा दर्नाल र मोनिका रम्तेलले शीर्ष स्थान हात पारे ।

पेयर पुम्सेको १०–१२ वर्षमा न्यु जेनका श्रृष्टि स्याङबो र अद्भे वज्राचार्य, १८–२२ वर्षमा प्रहरीका अस्मित चन्द र निशा दर्नाल तथा २५–३० वर्षमा प्रहरीकी पार्वती गुरुङ र जितबहादुर बोटले स्वर्ण प्राप्त गरे । दुईदिने प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीले विभिन्न १४ विधामा प्रतिस्पर्धा गरेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.