default_image

3 years ago

June 12, 2022

कोटेश्वरका सागरलाई स्वर्ण

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागर घिमिरेले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।

पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा सागरले आफ्नै डोजाङका निश्चल मगरलाई पराजित गरे ।

पुरुष २५ केजीमुनि चन्द्रागिरीका संगम थापाले राष्ट्रिय विभूतिका युनिक रे, ४१ केजीमुनि बाँकेका सुदीप विकले चाँदनीका समिर गुरुङ, ४४ केजीमुनि नुवाकोटका अपिल लामाले भैरहवाका कुल्दिप गुप्ता, ३१ केजीमा चन्द्रागिरीका शिरीष नेगी लामाले चाँदनीका किरण तामाङ, ३८ केजीमुनि बाँकेका नवीन गौतमले धादिङका नवीन तामाङ तथा ५४ केजीमुनि स्युचाटारका सुजन श्रेष्ठले चाँदनीका नितेश चम्लागाईंलाई फाइनलमा हराउदै पहिलो भए ।

महिला २५ केजीमुनि विशंखुकी प्रिन्शा कार्कीले चाँदनीकी सहारा तामाङ, ४० केजीमुनि चाँदनीकी यशोदा नेपालीले चन्द्रागिरीकी सिमानी लामा, २८ केजीमुनि राष्ट्रिय विभूतिकी सिमरन लामाले नुवाकोटकी समित्रा तामाङ, ४३ केजीमुनि भैरुनकी सदिक्षा कार्कीले कोटेश्वरकी सविना घले, ४६ केजीमुनि काटेश्वरकी इशिका राणाले नुवाकोटकी निर्मला तामाङ तथा ५७ केजीमुनि राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगरले रत्ननगरकी रोजिना पौडेललाई पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

एकल पुम्सेतर्फ १२–१४ वर्षको पुरुषमा बाग्लुङका लभसन विक र महिलामा सतुंगलकी रोशनी दोङ, १५–१७ वर्षको पुरुषमा बर्दियाँका निर्मल पुन मगर र महिलामा कोटेश्वरकी सन्ध्या लामा तथा १७ वर्षमाथि पुरुषमा युनिटीका हेमराज शाही र महिलामा स्युचाटारकी मोनिका मगरले स्वर्ण हात पारे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.