3 years ago
June 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए ।
नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्ने छन् । पाकिस्तानबाट भने ३ ब्वाइजले मात्र खेल्नेछन् । टिम टेनिसमा २ सिंगल्स र १ डबल्स खेल हुनेछ ।
नेपालबाट ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा गल्र्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको टेनिस संघले जनाएको छ । नेपालले तेश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।
ब्वाइज-गल्र्समा पहिलो र दोश्रो हुने राष्ट्रले काजाकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् । पाँचदिने प्रतियोगिता सञ्चालन गर्न अनुमानित ८ लाख ८९ हजार ३ सय रुपैयाँ खर्च लाग्ने बताइएको छ । प्रतियोगिताका लागि आईटीएफ रेफ्री प्रवीणकुमार नायक र आईटीएफ प्रतिनिधि जोनाथन स्तब्स नेपाल आइसकेका छन् ।
स्तब्सले दक्षिण एसियाका सातै राष्ट्र प्रतियोगितामा सहभागी हुनु खुशीको कुरा भएको बताए । केटीएम सिटीले नेपाली खेलाडी र अफिसियलका लागि पोशाक प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
October 7, 2025
भुपेन्द्र जि.सी. आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट ओमानको मस्कटमा बुधवार सुरु हुँदैछ । ९ देश सहभागी प्रतियोगिता शीर्ष ३ टोली आगमी वर्ष भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा नेपाल, जापान र कुवेत छन् । समूह ‘सी’ […]
October 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) का रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र रविनले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र रविनले समान १ सय अस्ट्रेलियन […]
October 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी काली युनाइटेड छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबलमा च्याम्पियन बनेका छन् । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको फाइनलमा रविन चन्दको मोनाले पछिल्लो समय नेपाली घरेलु भलिबलमा […]