3 years ago
June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् ।
उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जिते । सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोश्रो तथा राम गोले र लक्ष्मण गोले तेश्रो भए । चारै प्रहरीका हुन् ।
नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको १५–१८ वर्षको पुरुष एकलमा गोदावरी फिट्नेसका श्रृजल श्रेष्ठले स्वर्ण, गोदावरीकै सैरुस थापाले रजत, हात्तीवनका युकेन चौगुठी र मुलपानीका आयुश ढुंगेलले कांस्य हात पारे । सो स्पर्धाको महिलामा आर्मीकी पुर्णिमा बस्नेत, बुटवलकी एलिजा रोकाया तथा बुटवलकै नुतन गुरुङ र हात्तीवनकी रोस्लिन ओझाले क्रमशः शीर्ष तीन स्थान हात पारे ।
पुरुष एकलको १२–१५ वर्ष उमेरसमूहमा नुवाकोटका साजन तामाङले स्वर्ण, आरबीका निश्चल धानीले रजत तथा स्युचाटारका आर्जन श्रेष्ठ र न्युजेनका सम्राट सिंहले कांस्य हात पारे । सो स्पर्धाको महिलामा गोदावरीकी सर्गम थापा पहिलो, स्वयंभूका तारा वाइबा दोश्रो तथा स्वयंभूकी सुवानी तामाङ र बुटवलकी अनुष्का तामाङ तेश्रो स्थानमा रहे ।
पुरुष एकलको १०–१२ वर्षमा गोदवारीका निरब महर्जन पहिलो, स्टेपिङ स्टोनका अद्रिश रायन दोश्रो तथा स्युचाटारका रोदन राई र लैनचौरका इराजसिंह ठकुरी तेश्रो बने । त्यसै स्पर्धाको महिलामा न्युजेनकी श्रृष्टि स्याङबो प्रथम, झापाकी खुशी गौतम द्वितीय तथा जैशीदेवलकी मुबिक्क्ष्या गजुरेल र आर्मीकी कुसुम तामाङ तृतीय भए ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । विभिन्न १४ विधामा प्रतिस्पर्धा भइरहेको छ । यसै प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने भएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]