3 years ago
June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रिडम ‘ए’ प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ को फराकिलो गोलले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले ६ गोल गरे । नरेन्द्र लामा, राजकुमार घिसिङ र गौतम लामाले १–१ गोल थपे ।
बौद्ध भेट्रान ‘ए’ र किङ कम स्पोर्ट्सले पनि सेमिफाइनलमा स्थान पक्का गरे । बौद्ध ‘ए’ ले जंगवीर युनाइटेडलाई १–० गोलले हरायो । ‘म्यान अफ द म्याच’ तीर्थ लामाले पेनाल्टीमा गोल गरे । किङ कमले बौद्ध ‘बी’ लाई टाइब्रेकरमा ५–४ गोलले पाखा लगायो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । किङ कमका गोलरक्षक अमित प्रधान ‘म्यान अफ द म्याच’ चुनिए ।
यससगैं सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा किङ कमको भेट फ्रिडम ‘ए’ हुने छ भने बौद्ध ‘ए’ ले ढोलाहिटी विरुद्ध खेल्ने छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]