3 years ago
June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट र ओडिसी इन्टरनेसनल एकेडेमी पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले भ्याली पब्लिकलाई २२–६ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा प्रतीक कँडेलले १४ अंक योगदान गरे । निरज मगरको ११ अंक सहयोगमा ओडिसीले हिमरश्मीलाई १३–१२ को साँघुरो अन्तरले हरायो । सोही स्पर्धामा स्काइलार्कले लालीगुराँस नेसनल एकेडेमीलाई ११–४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनायो । स्काइलार्कका ओजश रायमाझीले ४ स्कोर गरे ।
सिनियर ब्वाइजमा स्किब्सले हिमरश्मीलाई २८–९, एचएचसीएले काठमाडौं ग्लोबललाई ३१–१०, भ्याली पब्लिकले सेबलाई ३८–१२, एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई ३१–१३ तथा नेपाल मोडेलले भद्रकालीलाई २३–६ ले पन्छ्याए । नेपाल मोडेल बाहेक सबैले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
स्किब्सका युनिक लिम्बूले १२, एचएचसीएका विक्रम तामाङले १०, भ्याली पब्लिकका अनमोल गुरुङले १४, एन्जल्स हार्टका स्पर्श अधिकारीले ९ र नेपाल मोडेलका सागर लामिछानेले ८ अंक जोडे । सिनियर गल्र्समा ग्रिनल्यान्ड र भ्याली पब्लिक सेमिफाइनलमा पुगे ।
ग्रिनल्यान्डले एचएचसीलाई १०–९ तथा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २५–५ ले निराश पारे । ग्रिनल्यान्डकी समिक्षा थापाले ६ तथा भ्याली पब्लिककी लोरिशा गौचनले ८ स्कोर गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।