default_image

3 years ago

June 11, 2022

युरो स्कुललाई बृहस्पति एसइइ फुटसल उपाधि

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युरो स्कुलले बृहस्पति एसइइ खुल्ला फुटसल प्रतियोगिताको बिहीबार उपाधि जितेको छ । काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा भएको खेलमा युरोलाई च्याम्पियन बनाउन दोस्रो हाफमा कृष थापा मगरले गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै युरोले १० हजार रुपैया र शिल्ड हात पारेको छ ।

दोस्रो भएको काष्ठमण्डपले ५ हजार रुपैया हात पारेको छ । काष्ठमण्डपकी सराह बज्राचार्य प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५ हजार रुपैयासँगै ट्रफी हात पारिन् । उनी प्रतियोगिता खेल्ने एक्लो महिला खेलाडी थिइन् ।

च्याम्पियन टोलीका खेलाडीले बृहस्पति विद्या सदनमा प्लस टु पढ्न चाहेमा शतप्रशित छात्रवृत्ति प्राप्त गर्नेछन् । च्याम्पियन टोलीको ८ जनालाई १ लाख ८० हजार रुपैया अर्थात पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । दोस्रो भएको टोलीले ९० हजार अर्थात ६० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

विजयी टोली तथा खेलाडीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान राकेश श्रेष्ठ, आयोजक बृहस्पतिको प्लस टु इनचार्ज सुरेश काफ्ले, स्टुडेन्ट डेभलपमेन्ट अफिसर मनिष केसी लगायतले पुरस्कृत गरे । नकआउटका आधारमा भएको एक दिने प्रतियोगितामा विभिन्न १६ टोली रहेको थियो ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.