3 years ago
June 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्डले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार तेहोरो जित निकालेको छ । ग्रिनल्यान्डले सिनियर ब्वाइज-गल्र्स र जुनियर ब्वाइजमा जित हात पारेको हो ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ६९–३० ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा दिवस भुजेलले २५ अंक योगदान गरे । सिनियर गल्र्समा जेनिशा श्रेष्ठको ६ अंक सहयोगमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई १४–४ ले हरायो ।
जुनियर ब्वाइजमा हिमरश्मी विरुद्धको खेलमा ग्रिनल्यान्ड २०–६ ले विजयी भयो । ग्रिनल्यान्डका आयुश घलेले ८ स्कोर गरे ।
सिनियर ब्वाइजको अन्य खेलमा एन्जल्स हार्टले काठमाडौं ग्लोबललाई ३४–२, गोल्डेनपिकले युनिभर्सिटीलाई ५०–१० र लालीगुराँसले हिमरश्मीलाई ४०–१५ ले पन्छाए । एन्जल्स हार्टका विवश गर्बुजाले ७, गोल्डेनपिकका दिनेश रपालले १२ तथा लालीगुराँसका दीपेश थापाले ११ अंक बटुले ।
जुनियर ब्वाइजमा स्किब्सले काठमाडौं ग्लोबललाई ९–२ तथा एन्जल्स हार्टले गोल्डेनपिकलाई १८–११ ले पाखा लगाए । स्किब्सका अनुज लिम्बूले ७ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले १० स्कोर गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।