3 years ago
June 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा सम्पन्न माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा बिहीबार राति भएको फाइनलमा क्लब वाम्कोसँग ३–० को सोझो सेटमा पराजित हुँदै पुलिस उपविजेता बनेको हो । पुलिस यही क्लब वाम्कोसँग नै पहिलो सेमिफाइनलमा ३–२ को सेटमा पराजित भएको थियो ।
फाइनलमा पुलिसले वाम्कोविरुद्ध सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा नजिता सोझो सेटमा सुम्पिन पुग्यो । पहिलो सेटमा ८–९ को अवस्थाबाट क्लब वाम्कोले अग्रता बढाउँदै २५–२० को सेटमा जित निकाल्न सफल भयो ।
दोस्रो सेटमा पनि पुलिसले वाम्कोलाई बलियो चुनौती पेश गरेपनि थाइ खेलाडी सम्मिलित वाम्कोले ११–११ को बराबरीबाट लगातार ८ अंक जोडेर जितलाई सहज बनाउँदा २५–१७ को जित निकाल्न सफल भयो ।
तेस्रो सेटमा भने वाम्कोले एकपक्षीय प्रदर्शन गर्दा पुलिस निरिह बन्न पुग्यो । वाम्कोले सुरुवातमै १२–४ को फराकिलो अग्रता कायम गर्न सफल भएको थियो । त्यसपछि पुलिसले थप ८ अंक जोड्दा वाम्कोले २५–१२ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । क्लब वाम्को यसअघि २०१९ को पनि च्याम्पियन टोली हो ।
पुलिसले क्लब इगललाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा क्लब वाम्कोसँगको भेट पक्का गरेको थियो । वाम्कोले भने पुलिसलाई हराएर नै फाइनलमा स्थान पक्का गरेको थियो ।
माल्दिभ्स भलिबल एसोसिएसन कपमा कामनासहित नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य उषा भण्डारीले पनि खेलेको थिइन् । उनको टोली दिबेही सिफान्जी क्लबले भने समूह चरण पार गर्न सकेन ।
घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल कामना र उषाको यो पहिलो विदेशी व्यवसायिक लिग खेल हो । लिगमा १० टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गराइएको थियो । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्दा अर्काे एक सेमिफाइनल पनि थपिएको थियो ।
यसअघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पुर्व उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती, निमा श्रेष्ठ, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र अरुणा शाहीले खेलिसकेकी छिन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]