3 years ago
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी पहिलो महिला जज आर्चरीकी अनिता गुरुङ जजेज सेमिनारमा सहभागी हुन शुक्रबार युएइको सारजाह प्रस्थान गर्दैछिन् ।
सेमिनार जुन ११ देखि १३ तारिखसम्म सञ्चालन हुने छ । पूर्व राष्ट्रिय खेलाडी अनिताले छैटौं राष्ट्रिय खेलकुदको एकल स्पर्धामा कांस्य र टिममा स्वर्ण जितेकी थिइन् । अनिताले १३औं दक्षिण एसियाली खेलकुदमा निर्णायकको भूमिका पनि निर्वाह गरेकी थिइन् ।
प्रयोगात्मक र लिखित परीक्षामा ८० प्रतिशत ल्याएमा अनिता नेपालकै पहिलो र एक मात्र कन्टिनेन्टल आर्चरी जज बन्ने नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले अनितालाई सफलताका लागि शुभकामना दिदै बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]