3 years ago
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सेल्टर आश्रय नेपालको आयोजनामा केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीबीच फुटबल सम्बन्धित कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।
सेल्टरले ‘प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ नामक कार्यक्रम बिहीबारबाट केन्द्रीय कारागारबाट औपचारिक रुपमा शुरु भएको हो ।
फुटबलको माध्यमबाट कैदीबन्दीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य र समाजमा पुर्नस्थापनाको लागि सहयोग पु¥याउने हेतुसँगै खेल क्षेत्रमै रोजÞगारी सिर्जना गÞर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ । कार्यक्रम अन्तर्गत ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको प्रशिक्षण तथा समान ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण दिईनेछ ।
प्रशिक्षकमा संजीत सिंह, मनोज रंजित, रोजेन श्रेष्ठ, राजकुमार केसी रहेको सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जानकारी गराइन् । सेल्टरले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा कार्यक्रम गरेको हो ।
जेलभित्र रहेका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोग साथै उनीहरुमा आत्मविश्वास जगाउने उदेश्यले कार्यक्रम गर्न लागेको सेल्टर आश्रय नेपालका अध्यक्ष खुश्बु ओलीले जानकारी गराईन् ।
यो कार्यक्रम एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् । पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गरिनेछ ।
प्रशिक्षकलाई डि लाईसेन्स, रेफ्रीलाई क्याटोगरी ४ एन्फा रेफ्री प्रमाण पत्र र खेलाडीलाई सहभागी प्रमाण पत्र प्रदान गरिनेछ । रेफ्रीमा भने महिला सेलमा रहेका मात्र छनोट गर्नेछौं । दोस्रो चरणको प्रशिक्षण कार्यक्रम भने डिसेम्बर १ देखि आगामी वर्षको मेमा अन्त्य हुनेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]