default_image

3 years ago

June 9, 2022

फ्रिडमको मिश्रित प्रदर्शन

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फ्रिडमले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार मिश्रित प्रदर्शन गरेको छ ।

चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा फ्रिडम ‘ए’ ले खान भाइ खलकलाई ४–० गोलले पराजित गर्दै विजयी सुरुआत ग¥यो । दुई गोल गरेका विजेताका विकर्ण श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए ।

फ्रिडमको ‘बी’ टिमलाई भने जगंवीर युनाइटेडले १–० गोलले हरायो । विजयी टिमका कप्तान विकास कार्की ‘म्यान अफ द म्याच’ चुनिए ।

काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा नुवाकोट दरबार र बौद्ध भेट्रान ‘बी’ ले पनि सफलता पाए । नुवाकोटले एएफसीमाथि ८–२ को सहज जित दर्ता ग¥यो । नुवाकोटका मनु गौतम ‘म्यान अफ द म्याच’ ठहरिए । उनले २ गोल गरे ।

बौद्धले आयोजक चावहिल ‘ए’ लाई ३–० ले निराश पा¥यो । बौद्धका गोलरक्षक राजेन्द्र गौतम ‘म्यान अफ द म्याच’ बने । प्रतियोगिताको युवा नेता गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका मोफसलका २ सहित १५ पुरुष टिम सहभागी छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सिक्स ए साइड नकआउट प्रतियोगिताको फाइनल जेठ ३१ गते हुनेछ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.