3 years ago
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता पाएको छ ।
बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर गल्र्सको प्रतिस्पर्धा बीएनएले काठमाडौं ग्लोबललाई १४–१२ ले पराजित ग¥यो । बीएनएकी अस्मिता राईले ६ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा बीएनएले काठमाडौं ग्लोबललाई नै १३–२ ले हरायो । बीएनएका एलेक्स गुरुङले ६ अंक जोडे । सो स्पर्धाको अर्को खेलमा इडेन ब्रिज एकेडेमी (इबीए) ले लालीगुराँस नेसनल एकेडेमीलाई २०–८ ले पन्छायो । इबीएका निखिल शाहीले १० अंक बटुले ।
सिनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २६–८, एन्जल्र्स हार्टले फेरिल्यान्डलाई २४–१० र लालीगुराँसले नेपाल मोडेललाई ३८–२८ निराश पारे । स्किब्सका युनिकले १०, एन्जल्सका लिजेन क्षेत्रीले १२ र लालीगुराँसका रविन तामाङले १३ अंक जोडे ।
उक्त स्पर्धाकै अन्य प्रतिस्पर्धामा सेबले स्कोरलर्स होमलाई ४८–१७, इबीएले काठमाडौं ग्लोबललाई ३८–६ र ओडिसी इन्टरनेसनल एकेडेमीले युनिभर्सिटीलाई ३०–२२ ले पाखा लगाए । सेबका लोकेन्द्र राउतले १२, इबीएका सौगात खत्रीले ११ र ओडिसीका बेन्जामिन लिम्बूले १४ स्कोर गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।