3 years ago
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिबृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ ।
राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो । राखेपका सदस्य–सचिव टंक लाल घिसिङले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रशिक्षणमा विभिन्न १२ खेलका ३३ स्वयंसेवक प्रशिक्षकको सहभागिता रहेको हाइ पर्फमेन्स कमिटीका सचिव हिमालराज दाहालले जनाएका छन् ।
सहभागीलाई रिता प्रजापतिले स्ट्रेन्थ एन्ड कन्डीसनिङ, सुलोचना सिजाख्वाले साइकोलोजी, हीरा पन्तले ट्रनिङ मेथड, डा. ज्ञानेन्द्र शाहले स्पोर्ट्स मेडिसिन र एन्टी डोपिङ तथा हिमालराज दाहालले डिटीपी र एज ग्रुप ट्रनिङ सम्बन्धी प्रशिक्षण दिने छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले स्वयंसेवक प्रशिक्षकलाई पनि राखेपले अन्य प्रशिक्षक झै उत्तिकै महत्व दिने गरेको महशुस गराउन पहिलो पटक तालिम आयोजना गरिएको बताउदै खेलाडी उत्पादनमा स्वयंसेवक प्रशिक्षकको पनि ठूलो योगदान रहेको धारणा व्यक्त गरे ।
तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले स्वयंसेवक प्रशिक्षकलाई पनि अवसर दिनु तालिमको उद्देश्य रहेको बताउदै स्वयंसेवक प्रशिक्षकको स्तरबृद्धिमा तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिम आइतबार सम्पन्न हुनेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]