3 years ago
June 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – डीएभी स्कुलले पहिलो संस्करणको स्कुल इन्डोर क्रिकेट लिगको उपाधि जितेको छ। ललितपुर हात्तीवनस्गित जिएचसिएको इन्डोर हलमा बुधबार भएको रोमाञ्चक फाइनलमा मोक्षदा स्कुललाई ३ रनले पराजित गर्दै डिएभीले उपाधि हात पारेको हो ।
डीएभीले दिएको १०८ रनको लक्ष पछ्याएको मोक्षदाले निर्धारित १० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षतिमा १०४ रन मात्र बनायो। डीएभीको जितमा प्लेयर अफ द म्याच घोषित आदर्श अग्रवालले अलराउण्ड प्रदर्शन गर्दै २९ रन बनाउनुको साथै २ विकेट पनि लिए। यस्तै इशु देओले २९ रन बनाए। मोक्षदाका रोहित शर्माले मात्र १५ बलमा ५३ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन।
बुधबारनै सम्पन्न सेमीफाइनलमा डीएभीले युनाइटेड स्कुललाई ५९ रनले तथा मोक्षदाले अक्षरा स्कुललाई २० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।
प्रतियोगिताकै उत्कृस्ट खेलाडी डीएभीका आदर्श अग्रवाल घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान मोक्षदाका संयम नेपाल तथा उत्कृस्ट बलर मोक्षदाकै इशान शाह घोषित भए।
ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा तिन दिन चलेको प्रतियोगितामा युनाइटेड स्कुल, एभरेष्ट स्कुल, अक्षरा स्कुल, काभ्या स्कुल, सैनिक स्कुल, मोक्षदा स्कुल, निस्ट स्कुल, एलआरआई स्कुल, रोजबड स्कुल र डीएभी स्कुल गरि उपत्यकाका १० टिमहरु सहभागिता रहेको थियो ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]