3 years ago
June 8, 2022
एजेन्सी – बिहीबार देखि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० आई खेलमा विकेटकिपर ऋषभ पन्तले भारतको कप्तानी गर्ने भएका छन् । यसअघि घोषणा गरेका कप्तान लोकेश राहुल घाइते भएपछि भारतले पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ ।
राहुल दायाँ खुट्टाको ग्रोइनको चोटका कारण बाहिरिएको बिसिसिआईले जनाएको छ । त्यस्तै स्पिनर कुलदीप यादवले पनि सिरिज गुमाउने भएका छन् । अभ्यासको क्रममा नेटमा ब्याटले लागेपछि कुलदीपले सिरिज गुमाउने भएका हुन् । भारतले यी दुबै खेलाडीको स्थानमा अन्य खेलाडी भने घोषणा गरेको छैन ।
आइपिएलमा कमजोर प्रदर्शन पछि नियमित कप्तान रोहित शर्मालाई भारतले विश्राम दिएको थियो । भारतले विराट कोहली, जस्प्रित बुमराह र रोहित शर्मा गरि प्रमुख तीन खेलाडीलाई विश्राम दिएको छ । त्यस्तै भारतले अलराउन्डर हार्दिक पान्ड्यालाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
यसै सिजनमा हार्दिकको कप्तानीमा गुजरात टाइटन्सले आइपिएलको उपाधि जितेको थियो । राहुल र रोहित दुबै नहुँदा भारतको ओपनिङ ऋतुराज गायकवाड र ईशान किशनले गर्नेछन् । भारत र दक्षिण अफ्रिकाबीच पाँच टि२० आई खेल हुनेछ । पहिलो टि२० आई बिहीबार, दोस्रो आइतबार, तेस्रो मंगलबार, चौथो शुक्रबार र पाँचौं आइतबार हुनेछ ।
भारतको टि२० टोली :
ऋषभ पन्त (कप्तान), हार्दिक पान्ड्या, ऋतुराज गायकवाड, ईशान किशन, दीपक हुडा, श्रेयस ऐर, दीनेश कार्तिक (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, अक्षर पटेल, रवि विश्रोई, भुवनेश्वर कुमार, हर्षल पटेल, आवेश खान, अर्शदीप सिंह र उमरान मलिक ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]