default_image

3 years ago

June 8, 2022

भ्याली पब्लिक र इबीएको जित

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।

भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा विशाल परियारले ८ अंक योगदान गरे । निखिल शाहीको ६ अंक सहयोगमा इबीएले स्काइलार्कलाई १४–५ ले हरायो ।

सिनियर ब्वाइजमा एचएचसीए, गोल्डेनपिक, ग्रिनल्यान्ड र नेपाल मोडेलले सफलता पाए । एचएचसीएले इबीएलाई ३२–१४ ले पन्छायो । एचएचसीएका विक्रम तामाङले ६ अंक जोडे । गोल्डेनपिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३६–३१ ले निराश पा¥यो । गोल्डेनपिकका दिनेश रपालले २२ स्कोर गरे ।

ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि ३९–३४ को जित दर्ता ग¥यो । ग्रिनल्यान्डका निम्ति दिवश भुजेलले ११ अंक बटुले । नेपाल मोडेलले हिमरश्मीलाई २२–१९ ले पाखा लगायो । विजेताका सतिश श्रेष्ठले २० अंक जोडे ।

सिनियर गल्र्समा आयोजक बीएनए विरुद्धको खेलमा भ्याली पब्लिक २७–२ ले विजयी भयो । भ्याली पब्लिककी लोरिशा गौचनले सर्वाधिक १६ स्कोर गरिन् । दुई खेल वर्षका कारण स्थगित भयो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.