default_image

3 years ago

June 8, 2022

फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजको तयारी पुरा

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ह्वीलचेयर क्रिकेट एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको टी–२० इन्टरनेसनल फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराए । नेपाल र भारतबीच हुने सिरिज २७ देखि ३० जेठसम्म मुलपानी क्रिकेट स्टेडियममा चल्नेछ ।

विगतमा ह्वील चेयर प्रयोग गर्ने अपाङ्ता भएका व्यक्तिहरुको क्रिकेट खेलाई आएकोमा यसपटक हिडडुल गर्न सक्ने क्षमताका व्यक्तिहरुको निमित्त क्रिकेट श्रृंखला आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष छुल्ठिम ग्याल्जेन शेर्पाले जानकारी गराए । अध्यक्ष शेर्पाले यो खेल दक्षिण एशियामा वनकै लोकप्रिय भएपनि नेपालमा सन् २०१७ पछि मात्रै शुरुवात भएको बताए ।

भारत लगायत बंगलादेश भ्रमण गरिसकेको छ । टी–२० फर्म्याटमा हुने यो खेललाई स्ट्यान्डिङ क्रिकेटको रुपमा चिनिन्छ । यसमा दौडन नसक्नेको स्थानमा अतिरिक्त रनर राखिने र बाँकी सबै आइसीसीकै फर्म्याटमा हुनेछ ।

टोलीले गत चैतमा बंगलादेशमा भएको प्रतियोगितामा सहभागिता जनाइसकेको छ । सोही प्रतियोगीतामा दोस्रो भएको भारतीय टोलीसँग नेपालले सिरिज खेल्न लागेको हो । ह्वीलचेयरका ४ पटक तथा स्ट्यान्डिङले पाँचपटक राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन् । राष्ट्रिय अम्पायर रविन्द्र गुप्ताले यस प्रतियोगिताको लागि विग एक महिनादेखि तयारी गरिरहेको र अर्काे वर्ष विश्वकपकै आयोजना गर्न लागिएको बताए ।

नेपालका कप्तान राम प्रसाद खरेलले भारतसँग पाँच पटक खेलिसकेपनि जित हात पार्न नसकिएको र यसपटक पनि जित्न नसकिएपनि राम्र्रै प्रतिस्पर्धा दिने बताए । उनले यसपटक यो प्रतियोगिताको लागि अन्तर जिल्ला छनोट हुँदै अन्तिम छनोट डिएभी स्कुलमा गरिएको र केही क्षमतावान् खेलाडी टोलीमा सेमटिएको बताए ।

भारतीय टोलीसँग सिरिजबाहेक एक दिन विशेष किसिमको क्रिकेट खेल्ने योजना छ । जसमा सबै १६ जना खेलाडीले बलिङ र ब्याटिङ गर्नेछ । यो गर्नुको अर्थ खेलाडीहरु फिजिकल्ली कति गर्न सकिन्छ भन्ने मापन रहनेछ ।

प्रायोजकमा गरिमा बैंक, एसविआई बैंक, फ्रिडम कार्गो, सगरमाथा मल्टिपल कलेज, बोधीसत्व विहारलगायत रहेका छन् । प्रतियोगिताको अनुमानित बजेट २२ लाख रहेको छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.