3 years ago
June 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा ललितपुरको हत्तिबनमा जारि इन्डोर स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पुरा भएको छ।
युनाइटेड स्कुल र डीएभी स्कुल तथा मोक्षदा स्कुल र अक्षरा स्कुल बुधबार फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्। बुधबार नै फाइनल पनि हुनेछ।
सेमीफाइनलमा स्थान पक्का गर्ने क्रममा युनाइटेडले काभ्या स्कुललाई ७ विकेटले तथा अक्षरा स्कुललाई ६ विकेटले पराजित गर्यो। यस्तै एलआरई स्कुलसंग ५ विकेटले पराजित डीएभीले निस्ट स्कुललाई १ सय ८ रनले पराजित गर्यो।
मोक्षदा स्कुलले एलआरआईलाई सुपर ओभरमा तथा रोजबडलाई ६७ रनले पराजित गय्रो। अक्षर स्कुलले सैनिक स्कुललाई ७ विकेटले पराजित गर्दा युनाइटेडसंग पराजित भएता पनि सेमीफाइनलमा स्थान पक्का गर्न सक्यो।
मंगलबार सम्पन्न अन्य खेलहरुमा सैनिक स्कुलले एभरेस्ट स्कुललाई ५३ रनले तथा काभ्या स्कुलले एभरेस्ट स्कुललाई १३ रनले पराजित गरेता पनि सेमीफाइनलमा स्थान बनाउन असफल रहे।
प्रतियोगितामा युनाइटेड स्कुल, एभरेष्ट स्कुल, अक्षरा स्कुल, काभ्या स्कुल, सैनिक स्कुल, मोक्षदा स्कुल, निस्ट स्कुल, एलआरआई स्कुल, रोजबड स्कुल र डीएभी स्कुल गरि उपत्यकाका १० टिमहरु सहभागी छन्।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]