3 years ago
June 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ ।
जुनियर ब्वाइजमा बीएनएले स्किब्सलाई २९–६ ले पराजित ग¥यो । बीएनएको जितमा एलेक्स गुरुङले ११ अंक योगदान गरे । सिनियर ब्वाइजमा सन्देश खड्काको १६ अंक सहयोगमा बीएनएले युनिभर्सिटीलाई ३५–१७ ले हरायो ।
एचएचसीएले पनि दोहोरो जित आत्मासात् ग¥यो । सिनियर ब्वाइजमा एचएचसीएले एन्जल्स हार्टलाई २९–२५ ले पन्छायो । विजेताका विनोद शाहीले १३ स्कोर गरे । सिनियर गल्र्समा एचएचसीएले फेरिल्यान्डमाथि २०–४ को जित निकाल्यो ।
एचएचसीएकी रेश्मा तामाङले १० अंक जोडिन् । सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा स्किब्सले लालीगुराँस नेसनल एकेडेमीलाई ४२–२३, ग्रिनल्यान्डले सेबलाई ३४–२७, भ्याली पब्लिकले स्कोलर्स होमलाई ६९–१८, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ४४–२३ र इडेन ब्रिज एकेडेमीले फेरिल्यान्डलाई १९–१४ ले पराजित गरे ।
जितमा स्किब्सका युनिकले १३, ग्रिनल्यान्डका सुरेश बिसीले ११, भ्याली पब्लिकका छिरिङ लामाले २०, गोल्डेनपिकका सविन तामाङले २८ र इडेन ब्रिजका आयुश राईले ८ अंक योगदान गरे ।
प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । सिनियर ब्वाइइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गल्र्समा ७ गरी ३८ टिम सहभागी छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]